जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १९:२५

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु


दार्चुला, १७ असोज । दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ । नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो ।

धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लड्नुभएको थियो । उहाँलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।