उदयपुर, २७ पुस । उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् ।
उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरूलाई आज बिहान कटारी नगरपालिका–७ देउलीकुनाबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुबैलाई गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्