जनता टाइम्स

२५ माघ २०८०, बिहीबार १५:५५

वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु


सोलुखुम्बु, माघ २५ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको वृद्धभत्ता लिएर फर्किने क्रममा बाटोमै मृत्यु भएको छ ।

वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्किने क्रममा सिसखोला पुग्दा उहाँको मृत्यु भएको हो । सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उहाँ मृत भेटिएको प्रहरीको भनाइ छ ।