जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १७:३४

कर्णाली प्रदेशसभाको बैठक स्थगित


सुर्खेत, २० चैत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ ।

आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश स्वाहा सचिवालयले जनाएको छ ।