धनगढी, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा पर्नुभएको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उहाँलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उहाँलाई स्पष्टीकरण सोध्नुभएको थियो ।
सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उहाँलाई ३ महिनाका लागि निलम्बन गर्नुभएको हो । चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोक्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्