जनता टाइम्स

१७ जेष्ठ २०८१, बिहीबार १७:५३

कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ


बाँके, १७ जेठ । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ फुलपुरवा बस्ने ४० वर्षीया महिलका तेली, ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरी रहेका छन् ।

जानकी गाउँपालिका–२ फुलपुरवामा सोही ठाउँ बस्ने ५५ वर्षीय प्रेमलाल कुर्मी गत वैशाख २७ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर कर्तव्य ज्यान कसूरमा ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।