जनता टाइम्स

३ असार २०८१, सोमबार १५:११

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु


काठमाडौं, ३ जेठ । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो । उहाँलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गर्नुभएको थियो ।