जनता टाइम्स

९ असार २०८१, आईतवार १३:११

घण्टा घरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण


काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौंंमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद शाहले घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उहाँले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले यो घण्टा घर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराउनुभएको छ । उहाँले यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने बताउनुभयो ।