जनता टाइम्स

२५ श्रावण २०८१, शुक्रबार १५:५५

सुदुरपश्चिममा प्रदेश सभा बैठक आब्हान, मुख्यमन्त्रीले विश्वासका मत लिने


धनगढी, २५ साउन । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो । यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गर्नुभएको थियो ।

तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश जारी गरेको थियो । आज पुन सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त हुनुभएको थियो । उहाँले विश्वासको मत लिन बाँकी रहेको छ ।