जनता टाइम्स

८ जेष्ठ २०८२, बिहीबार १६:१६

संविधानको अपव्याख्या गर्दै सरकारले धम्क्याउन खोजेको भन्दै रापपाको आपत्ति


काठमाडौं, जेठ ८ । राजा फर्काउने खेलोमेलोमा लागेको राप्रपाले सरकारले संबिधानको अपब्याख्या गर्दै धम्क्याउन थालेको बताएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उक्त अभिव्यक्तिलाई ’संविधानको घोर अपव्याख्या’ भन्दै आपत्ति जनाउनु भएको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्रप् पृथ्वीसुब्बा गुरुङले ’राजावादी गतिविधि नियन्त्रण गर्न प्रतिबन्धसमेत लगाउन सकिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि श्रेष्ठले आपत्ति जनाउनु भएको हो ।

’संविधानले कुनै पनि दल खोल्ने, विचार व्यक्त गर्ने, राजनीतिक गतिविधि गर्ने अधिकार सुनिश्चित गरेको छ। त्यसलाई तोडमोड गरेर प्रतिबन्धको कुरा गर्नु आपत्तिजनक ,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले जेठ १५ का लागि घोषित आन्दोलनमा राप्रपाको सक्रिय भूमिका रहने समेत बताउनु भयो ।

’देशलाई यथास्थितिबाट मुक्त गर्नका लागि संयुक्त आन्दोलन अपरिहार्य भएकोले हामी आ–आफ्नो तयारीमा जुटेका छौं,’ उहाँले भन्नुभयो। श्रेष्ठले सरकारबाट धम्कीपूर्ण अभिव्यक्ति आउनु  ’राजनीतिक भय’ र ’वैकल्पिक विचारको दमन’ को संकेत भएको टिप्पणी पनि गर्नुभयो ।

सरकारले राजा फर्काउने आन्दोलनमा हिंसात्मक काम हुने सूचना पाइसकेको भन्दै निर्मम रुपमा प्रस्तुत हुने संकेत गरिसकेको छ । आन्दोलनको नाममा अराजकता मच्चाउने र लुटपाट गर्ने राजावादीको योजना रहेको सरकारको दावी छ ।