काठमाडौं, असार २३ । सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । ओली र नेपालबीच आज साँझ नक्सालस्थित मेरियट होटलमा प्रत्यक्ष भेटबार्ता भएको हो ।
यसअघि ओली र नेपालबीच गत बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा भेटवार्ता भएको थियो । त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन सकेको थिएन । आज बसेको बिवाद समाधान कार्यदलले ठोश सहमति जुटाएपछि ५५ दिनपछि अध्यक्ष ओली र नेता नेपालबीच प्रत्यक्ष बार्ता भएको हो ।
सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष अध्यक्ष ओलीविरुद्ध लागिरहेका बेला दुई नेताबीच अन्तिम सहमतिका लागि भेटबार्ता भएको हो । सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर आगामी असार २८ गते फैसला गर्ने मिति तोकेको छ ।













प्रतिक्रिया दिनुहोस्