काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उदघाटन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट भर्चुअलरुपमा बीर अस्पतालको सर्जिकल भवनको उदघाटन गर्नुभएको हो । भवन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी सबै तयारी थाल्न निर्देशन दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलगायतको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्