काठमाडौं, साउन ५ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जागाउने बिषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्नुभएको छ ।
कार्यदलको सहमतिलाई ठाडै अस्वीकार गरी केही थान मन्त्री खाने योजनासाथ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा सतसाल बनेर खडा हुनुभएका नेता नेपालले आज बिहान प्रचण्ड र यादवसँग मन्त्रिपरिषद विस्तारबारे छलफल गरी एमाले एकताको बिषयमा प्रष्ट सन्देश दिनुभएको हो ।
नेता नेपालले आफू अल्पमतमा पर्ने कुनै पनि कमिटीको निर्णय मान्य नहुने र आफ्नो हुकुमी शासन मान्न तयार भए मात्र एमाले फर्कने जवाफ एमाले कार्यदललाई दिनुभएको छ । एमालेमा नफर्कने निश्कर्षका साथ नेपालले सत्तारुढ गठबन्धनका नेता प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले बेग्लाबेग्लै भेट गर्नुभएको हो ।
माधवलाई भेट्न प्रचण्ड आज विहानै उहाँकै निवास कोटेश्वरमा पुग्नुभएको थियो । त्यस्को पौने घण्टापछि उपेन्द्र यादव पुग्नुभएको थियो । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका माधव समुह सरकारमा सहभागी हुने तयारी छ । माधवले बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने संकेत दिइसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्