जनता टाइम्स

६ आश्विन २०७८, बुधबार २२:२९

बिफल बन्यो बीना मगरलाई रोक्ने हतियार, प्रचण्ड आफैले लिए मन्त्री छान्ने अधिकार


काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले मन्त्री छान्ने सम्पुर्ण अधिकार आफै लिनुभएको छ । स्थायी समितिको बैठकबाट आज अध्यक्ष प्रचण्डले मन्त्री छान्ने अधिकार आफूले लिनुभएको हो ।

बैठकबाट अध्यक्ष प्रचण्डलाई अधिकार दिएसँगै बीना मगरलाई मन्त्रीबाट रोक्ने सवै हतियार बिफल भएको छ । अव ठुलै दवाव नपरेको अवस्थामा मगर देउवा सरकारमा मन्त्री हुने प्रचण्ड निकट स्रोतले बतायो । यद्यपी प्रचण्डपुत्री रेनु दाहाल र गंगा दाहाल न्वारानदेखिको बल लगाएर बीनालाई रोक्न लागेको बताइएको छ ।

आज बसेको बैठकले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने सत्तारुढबीचको सहमतिलाई अनुमोदन पनि गरेको छ । माधव नेपाललाई सहज बनाइ एमाले बिभाजन गर्नकै लागि ल्याइएको २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।