जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १२:३६

अन्ततः माओवादीले गर्यो अध्यादेश गलत रहेको स्वीकारोक्ति


काठमाडौं, असोज ११ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नु अपराध सरह रहेको स्वीकार गरेको छ । आज बसेको स्थायी कमिटी बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशफिर्ता नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने निर्णय गर्दै आफ्नो एमाले बिभाजनका लागि ल्याइएको अध्यादेश गलत रहेको स्वीकार गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिन अस्वीकार गरेपछि माओवादीले अध्यादेश फिर्तालाई बटमलाइन बनाएको हो । सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री देउवालाई धम्की दिनकै लागि माओवादीले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको एक नेताले बताए ।