काठमाडौं, असोज ११ । सत्तारुढ गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध षडयन्त्र सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राजपाका अध्यक्ष उपेन्द्र यादवसामू प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध एकजुट भई दवाव हाल्ने प्रस्ताव गरेसँगै सत्ता गठबन्धनभित्रको भित्री षडयन्त्र बाहिर आएको हो ।
प्रधानमन्त्री देउवाले आफूहरुले भनेको काम मात्रै गर्न पाउने अडान राख्दै आउनु भएका प्रचण्डले देउवा आफ्नै योजनाअनुसार चल्न थालेकोले लगाम लगाउन गठबन्धनका तीनै दल एकजुट हुनुपर्ने प्रस्ताव राख्नुभएको एक नेताले जनताटाइम्सलाई बताए । आज नेकपा एसका अध्यक्ष माधवसँग भएको बार्तामा पनि प्रचण्डले यो प्रस्ताव राख्नुभएको ती नेताको भनाई छ ।
‘प्रधानमन्त्री र कांग्रेसलाई लगाम लगाएरै राख्नुपर्छ, देउवा प्रधानमन्त्री भएपनि हामीले सत्ता सञ्चालन गर्नूपर्छ, त्यस्को लागि गठबन्धनका तीन दल मिलेर पहिला केपीलाई एक्ल्याउन अघि बढाएको योजना नै लाग गर्नूपर्छ,’ माधवसामू प्रचण्डको भनाई उधृत गर्दै नेकपा एसका एक नेताले जनताटाइम्ससँग भने । स्रोतका अनुसार प्रचण्डले आगामी चुनावका लागि खर्च जुटाउन पनि तीन दल मिलेर देउवामाथि दवाव राख्नुपर्ने बताउनु भएको छ ।
प्रचण्डले प्रधानमन्त्री देउवा आफ्नो इसारामा चल्न सहमत नभएपछि आज बसेको गठबन्धन बैठकमै मन्त्री फर्तिा बोलाउने धम्की दिएर हिडनुभएको थियो । प्रचण्डले प्रधानमन्त्रीसँग माओवादी मन्त्रीले मन्त्रिपरिषदमा ल्याएको फाएल जस्ताको तस्तै स्वीकृत हुनुपर्ने, हरेक मन्त्रालयमा मन्त्रीले निर्णय गर्नुपर्ने र मन्त्रिपरिषदले गर्ने निर्णय आफूलाई पहिला प्रधानमन्त्रीले नै परामर्श गर्नुपर्ने सर्त राख्नुभएको छ । प्रचण्डको सो कुरालाई देउवाले ठाडै अस्वीकार गर्नुका साथै अर्थमन्त्री जनार्दन शर्माले मुलुकलाई नै कालोसूचीमा पार्ने काम गरेको भन्दै जंगिएपछि बालुवाटारबिरुद्ध खुमलटारमा चक्रब्यूह बनाइएको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आफूलाई थाहसमेत नदिई कालोधनलाई बैधानिकता दिन ठूला लगानीमा स्रोत नखोज्ने कुरा अर्थमन्त्रीले घुसाएको भन्दै यस्तो छुट अव कुनै मन्त्रीलाई नदिने भन्द्र प्रचण्डसँग जहाँ पनि दुई नम्बरी काम भन्दै जंगिनुभएको थियो । प्रधानमन्त्रीको सो भनाईपछि प्रचण्डले माधव र उपेन्द्रसँग छलफल गरी घेरावन्दी गरेर आफूहरुको लगामभित्र ल्याउनै पर्ने प्रस्ताव राख्नुभएको हो ।
बालुवाटारबिरुद्ध बनेको षडयन्त्रलाई शुक्रवार चन्द्रागिरी रिशोर्टमा प्रचण्डसहित अर्थमन्त्री जनार्दन शर्मा, हतियार ब्यापारी दिपक भट्टसहित केही ब्यापारी बसेर अन्तिम रुप दिएको स्रोतको भनाई छ । चन्द्रागिरी रिशोर्टमा नीजि क्षेत्रको धितोपत्र कारोवार गर्ने संस्थालाई स्वीकृत दिनेदेखि जलबिद्युत र हतियारसम्मको कारोवारमा आफूहरुको हालीमुहाली हुनुपर्ने निश्कर्ष निकालिएको छ ।













प्रतिक्रिया दिनुहोस्