जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १८:१३

यसरी सजाईंदैछ एमालेको विधान महाधिवेशन स्थल गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (फोटोफिचर)


काठमाडौं, असोज ११ । एमालेको विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुने विधान महाधिवेशनको तयारीलाई तीव्रता दिइएको प्रचार-प्रसार समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको भट्टराईले जानकारी दिनुभयो । करिब पाँच हजार व्यक्ति विधान महाधिवेशनमा सहभागी हुनेछन्’, उहाँले भन्नुभयो ‘तर, सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् । बाँकीलाई बाहिर व्यवस्था गरिएको छ ।’ महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिने संयोजक भट्टराईले बताउनुभयो ।

हल बाहिर स्क्रिन राखेर महाधिवेशन आयोजना गरिने भट्टराईले बताउनुभयो । नयाँ हल भएकोले फिनिसिङक्कै चरणमा छ । अझै तयारी गर्नुपर्ने र बाहिर भवनकै दाँया र बाँया भागमा १/१ हजारका दरले राख्न सकिने व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । त्यस्तै बाहिरको बार्दलि समेत प्रयोग गर्ने व्यवस्था गर्ने उहाँले सुनाउनुभयो । हल ३००० क्षमताको छ भने महाधिवेशनमा ५ हजार क्षमताको चाहिन्छ । ‘हलभित्र दुई हजार आठ सय ४० जना रहन्छन्’, हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक/एक हजार राख्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । महाधिवेशनस्थल सम्मेलन केन्द्रलाई सिंगारिएको छ ।

विनोद श्रेष्ठको नेतृत्वको टोली मञ्च व्यवस्थापनमा खटिएको छ । श्रेष्ठले नयाँ हल भएकाले कता–कता छिरेको जस्तो हुने हुँदा भोली नै स्केच तयार गरेर पानी खान जाँदा कहाँ जाने ? ट्वाईलेट कहाँ जाने ? खाजा खान कहाँ जाने ? भन्ने कुरा प्रिन्ट गरेर झोला नै दिइने जानकारी दिनुभयो । उहाँले आवश्यकता अनुसार ३०० बढी स्वयंसेवक समेत परिचालन गरिने योजना रहेको सुनाउनुभयो । त्यस्तै ९ देखि ११ बजेसम्म सातदोबाटोमा गाडि नहुने प्रतिनिधिहरुलाई ल्याउने र लाने व्यवस्था समेत गरिएको छ । भवनभित्र भने अन्दाजी १५ वटा भिभिआईपि बाहेक कुनै पनि गाडि नराखिने उहाँले बताउनुभयो ।

त्यस्तै भवन बाहिरै १००० भन्दा बढी गाडि राख्ने व्यवस्था गरिएको र यसको सबै व्यवस्थापन गरिने तयारी भइरहेको छ । त्यस्तै बाहिर वालहरुमा भने कार्ल मार्क्स, मदन भण्डारी र अध्यक्ष केपी ओलीको स्केच राख्ने भनिएपनि टुंगो भने नलागिसकेको जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो,‘महाधिवेशनमा आएको फिल हुने गरि डेकुरेशन गर्न लागेका छौं । ३२/३३ सय जनालाई हलभित्रै म्यानेज गर्छौ । हलमै २० वाई १३ को स्क्रिन शेयर दायाँ र बाँया साइडमा राख्छौं । त्यस्तै बाहिरको साइडमा ९००/९०० गरी राख्ने व्यवस्था हुन्छ ।’

उहाँले थप्नुभयो,‘पार्किङ गर्ने ठाउँमा खानाको व्यवस्था गर्छौ, जहाँ ९ देखि ११ बजेभित्रै बन्द हुन्छ किनभने कार्यक्रम सुरु भएपछि खाना खाने व्यवस्था हुँदैन । त्यस्तै ३ः३० बजे प्याकेजको खाजा व्यवस्था हुँन्छ ।’ भवनमा २० वटा शौचालय भएपनि तल र माथि भएको हुँदा अस्थायी शौचालय र ट्रेकिङ जाँदा प्रयोग गरिने शौचालयको पनि व्यवस्था गरिने उहाँले बताउनुभयो । त्यस्तै हलमा प्रदेश अनुसार बस्ने व्यवस्था मिलाउने र रोटेशनको प्रयोग गरिने भएको छ । जसले गर्दा एक दिन अगाडि वा दायाँ भएको प्रतिनिधि पछाडी र बाँया पनि होस् जसले म पछाडी भएँ वा अगाडि भन्ने समस्या नहोस् । त्यस्तै सुरक्षाकर्मी र गाडिका चालकलाई खाने, बस्ने र स्क्रिनमा सम्बोधन हेर्न मिल्ने व्यवस्था गरिएको छ ।