जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २०:४०

भीम रावलकै नेतृत्वमा बन्यो शक्तिशाली कार्यदल


काठमाडौं, असोज ११ । नेकपा एमालेले उपाध्यक्ष भीम रावललाई नै १० बुँदे सहमति कार्यान्वयनको जिम्मा दिएको छ । १० बुँदे कार्यान्वयनको सहजिकरणको लागि उपाध्यक्ष रावललाई संयोजक तोकेर सात सदस्यीय कार्यदल बिस्तार गरी एमालेले जिम्मेवारी दिएको हो ।

आज बसेको स्थायी कमिटी बैठकले यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गर्दै रावललाई नेतृत्व दिएको हो । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकले रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

विशेष गरि १० बुँदे कार्यन्वयन नभएकोमा भीम रावलकै अशन्तुष्टी रहेकाले उहाँकै संयोजकत्वमा शक्तिसाली कार्यदल बनाइएको हो । कार्यदलमा महासचिव पोखरेल, उपमहासचिवद्वय बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट हुनुहुन्छ ।

‘१० बुँदे कार्यन्वनबारे पनि व्यापक छलफल गर्‍यौं, अध्यक्षले सकरात्मक ढंगले कार्यन्वयन गर्ने आश्वसान दिनुभएको छ। सबैलाई समेट्ने सकरात्मक जवाफ दिनु भएको छ,’ बैठकपछि भट्टराईले भन्नुभयो । उहाँका अनुसार माओवादीबाट आएका नेताहरुको पनि उचित व्यवस्थापन गर्ने र १० बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन सहमति भएको छ ।