जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २०:५६

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज (पत्रसहित)


काठमाडौं, असोज ११ । राष्ट्रपति बिद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । सरकारको सिफारिशअनुसार राष्ट्रपति भण्डारीले आज राजनीतिक दलसम्बनधी अध्यादेश खारेज गर्नुभएको हो ।

आज अपरानह बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले राष्ट्रपति भण्डारीले संबिधानको धारा ११४ को उपधार २ को खण्ड ख बमोजिम अध्यादेश खारेज गर्नुभएको जानकारी दिनुभयो ।