जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १४:३६

जन्डिसको उपचार गराउन बैंकक जाँदै माओवादी नेता बर्षमान पुन


काठमाडौं, असोज १२ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको उपचारका लागि भोली थाइल्याण्ड जानुहुने भएको छ । लामो समयदेखि कमलपित्त रोगबाट पीडित उहाँलाई पछिल्ला केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो ।

नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । कमलपित्तको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिनुभएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरुको सल्लाहपछि थप उपचारका लागि उहाँलाई थाइल्याण्डको बु्रमुङगार्ड अस्पताल लैजाने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशानुगत संक्रमण भएको र उक्त कमलपित्तले दुःख दिने गरेको छ । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहनुभएका नेता पुन भोली बिहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकक जाने तयारी गर्नुभएको छ ।