जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १९:२५

जेट प्लेन चाहिँ दुई पाईलटले चलाउने हो तर पार्टी यसरी चल्दो रहेनछ : अध्यक्ष ओली


काठमाडौं, असोज १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेट प्लेन चाहिँ दुई पाईलटले चलाउने भएपनि त्यसरी पार्टी नचल्ने बताउनुभयो । आज राजधानीमा आयोजित सम्पादकहरूसँगको अन्र्तक्रियामा जेट प्लेन मात्रै दुई जनाले चलाउन सकिने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएको उहाँले पार्टी त्यसरी नचल्ने भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,‘जेट प्लेन त दुई पाइलटले नै चलाउने हो, तर पार्टी यसरी चल्दो रहेनछ । अबको चुनावपछि एउटै पाईलटले स्मार्ट सुपरफास्ट चलाउँछ ।’