काठमाडौं, असोज १३ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम विधान महाधिवेशन स्थल गोदावरी पुगेर निरीक्षण गर्नुभएको छ । अध्यक्ष ओली आज महासचिव इश्वर पोखरेल, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र महाधिवेशन प्रचार उपसमितिका संयोजक खीमलाल भट्टराईसहितका नेताहरुलाई लिएर महाधिवेशन स्थल गोदावरीको सनराईन अन्तराष्ट्रिय सम्मेलन केन्द्र पुग्नुभएको हो ।
अध्यक्ष ओलीले महाधिवेशन स्थल निर्मामा भइरहेका तयारी र बाँकी कामबारे जानकारी लिनुभयो । एमाले विधान महाधिवेशन असोज १५ गतेदेखि १७ गतेसम्म सोही सममेलन केन्द्रमा हुँदैछ ।























प्रतिक्रिया दिनुहोस्