जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार १८:५८

आइसोलेशनको शौचालयबाट भागेका थुनुवा कालिमाटीमा पक्राउ


काठमाडौं, असोज १३ । कीर्तिपुर स्थित कोभिड आइसोलेशन सेन्टरबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेका थिए ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलका अनुसार तामाङलाई कालिमाटी स्थित फोहोर संकलन केन्द्र नजिकैबाट पक्राउ गरिएको हो ।

प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट आएपछि आइसोलेशनमा राखिएकामा हिजो दिउँसो शौचालयबाटै भागेका थिए ।