काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) नजाने भएको छ । एमालेले बैठक बहिष्कार गर्न लागेको हो ।
संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको छ । एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले आफूहरु बैठकमा नजाने बताउनु भयो ।
वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उहाँले प्रष्ट पार्नुभयो।













प्रतिक्रिया दिनुहोस्