जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार १२:१९

माओवादीले जन अपेक्षाअनुसार काम नगरेको भन्दै चितवनका दुई माओवादी नेता एमालेमा प्रवेश


काठमाडौँ, १४ असोज । चितवनका दुईजना पुराना नेता माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । वैचारिक नेताका रुपमा चिनिएका नेता कुल प्रसाद भुसाल र जगन्नाथ आचार्यले माओवादी छाडेर एमालेमा प्रवेश गर्नुभएको हो । जिल्ला सचिवालय सदस्य, चितवन क्षेत्र नम्बर १ (ख)का इन्जार्ज भुसाललाई बुधार साँझ नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले एमालेमा स्वागत गर्नुभएको थियो ।भुसालले माओवादी जनयुद्धबाट प्राप्त उपलब्धी रक्षाका लागि एमाले प्रवेश गरेको बताउनुभयो । माओवादीले जनअपेक्षाअनुसार काम गर्न नसकेका कारण एमाले प्रवेश गरेको उहाँको भनाइ छ ।बुढी राप्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष भुसालको कुमरोजमा राम्रो प्रभाव छ ।