जनता टाइम्स

६ असार २०७६, शुक्रबार २३:२७

अन्टसन्ट गाली गर्दै माफी माग्दै मेयर द्वारिक चौधरी : महिलाको अपमान गरेकोमा गरे क्षमायाचना


सुनसरी, असार ६

महिलाको अपमान हुनेगरी बोलेको भन्दै आलोचित इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी माग्नुभएको छ। मेयर चौधरीले आज विज्ञप्ति जारी गर्दै आफ्नो अभिब्यक्तिले महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले फी मागेका हुन्।

विगत एक महिनामा जारी भएको उहाँको यो तेस्रो माफी विज्ञप्ती हो। इटहरीमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दप्रति आज माफी माग्नुभएको हो ।मेयर चौधरीले केही दिनअघि महिलालाई अपमान हुने गरी ‘र..डी’ जिन्दावाद भन्दै अभिव्यक्ति दिनुभएको थियो ।

‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु, कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु,’ मेयर चौधरीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तिमा मेयर चौधरीले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीको साथबिना सम्भव नहुने भन्दै सहयोगको लागि आग्रहसमेत गर्नुभएको छ। केही दिन अघि आयोजित सार्वजनिक कार्यक्रममा मेयर चौधरीले महिलाको विषयमा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएको थियो। यौन विकृती न्युनिकरण सम्बन्धी कार्यक्रममा उहाँले महिला वेश्यावृत्तिमा लागेको भन्दै आलोचना गर्नुभएको थियो ।

महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु, कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु

भ्रष्टाचार विरोधी गतिविधिमा राम्रो समर्थन पाउनुभएका चौधरीले यो अभिव्यक्तिका कारण भने आलोचित हुनु परेको थियो। पत्रकारलाई कुट्ने धम्की दिएकोमा पनि उहाँको आलोचना भएको थियो। त्यो समयमा पनि उहाँले दुई पटक माफी माग्दै विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो ।