काठमाडौं, १४ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा पनि उपलब्ध गराउने भएको छ ।डब्लूएचओले पाँचमा विज्ञान (साइन्स इन फाइभ) कार्यक्रम पोडकास्टमार्फत कोभिड( १९ सम्बन्धी जानकारी गराउने भएको नेपालस्थित डब्लूएचओ कार्यालयले जानकारी दिएको छ ।
भोलि प्रसारण गरिने पोडकास्टको पहिलो अंकमा डब्लूएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा.ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीको समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाहरूले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् । पोडकास्टका नयाँ अंकहरू हरेक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत भिडियो र अडियोबाट कोभिड–१९ को जानकारी गराउने भएको हो ।
डब्लूएचओले कोरोना भाइरससम्बन्धी गलत समाचार आउन थालेपछि नेपाली भाषामा पनि पोडकास्ट गर्न लागेको हो । नेपाली समुदाय माझ पनि कोभिड–१९ सम्बन्धी महत्त्वपूर्ण जानकारीको पहुँच पुर्याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन नेपालले यस शृङ्खलालाई नेपाली र मैथिली भाषामा अनुवाद गरी युट्युब च्यानलमार्फत पनि प्रसारण गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्