काठमाडौं, असोज १५ । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी अध्यक्ष प्रचण्डमाथि युवाहरुलाई आत्महत्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन गरेको आरोप लगाउनुभएको छ अध्यक्ष प्रचण्डले विहीवार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको भन्दै सबै आत्महत्या गलत नहुने बताउनुभएको हो ।
प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्मःहत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुख थापाले आपत्ती जनाउनुभएको हो । थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भन्नुभएको छ । थापाले भन्नुभयो ‘हिटलरले पनि आखिरीमा आत्मःहत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रःक्तपिःपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्मःहत्या बाहेक अर्को हुन सक्दैन ।’














प्रतिक्रिया दिनुहोस्