जनता टाइम्स

१५ आश्विन २०७८, शुक्रबार ११:५६

उपसचिव लामा समाजवादीमा दुई हप्ता नि टिक्न नसकेपछि पुनः एमालेमा सक्रिय


काठमाडौं, असोज १५ । नेकपा एकीकृत समाजवादीमा पदको लोभमा पुगेकाहरू पुनः एमालेमै फर्किनेक्रम बढेको छ । काभ्रेमा माधवकुमार नेपाल आफैँ उपस्थिति भएर जिल्ला कमिटी घोषणा गर्दा जिल्ला कमिटीको उपसचिव हुनुभएको भक्त कुमारी लामा एमालेमै फर्किनुभएको हो ।

उहाँ नेकपा एमालेको बागमती प्रदेश किमिटीको सदस्यमा रूपमा पुनः क्रियाशिल हुनुभएको छ । काभ्रेमा समाजवादीमा लागेका केही नेताबाहेक धेरै स्थानीय नेता,vकार्यकर्ताले एमाले नछाड्ने बताएका छन । उनीहरूले पदलोलुपहरूको पछि लागेर एमालेको अभियानलाई धोका दिन नसक्ने बताएका हुन् ।