काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले कांग्रेस गठबन्धन नगरी एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गर्नुभएको छ । उहाँले आज काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै गठबन्धन चुनावमा नजाने बताउनुभएको हो ।
कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन, कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत ल्याउँछ’, नेता थापाले भन्नुभयो । थापाले कांग्रेस अहिलेको अवस्थामा चलिरहे जनतालाई भरोसा गर्न नसक्नेसमेत जिकिर गर्नुभयो । उहाँले थप्नुभयो,‘हामी कसैसँग मिलेर चुनावमा जाने होइन, कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन, उनीहरू नमिले पनि जित्न सक्छौँ, त्यसको लागि हामीले ध्यान दिएर लाग्नुपर्छ ।’













प्रतिक्रिया दिनुहोस्