जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १५:०३

एमाले विधान महाधिवेशन : अनुशासन आयोगको प्रतिवेदन पेस


काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन पेस भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलनको हलमा शनिबार आयोगका अध्यक्ष अमृत कुमार बोहराले समूहगत छलफलका लागि प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । यसपछि प्रस्तुत तीन वटा प्रतिवेदनमाथि १० वटा समूहमा भएको छलफलबाट आएका सुझावहरु टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिसकेको छ । पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।