काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिवेदनमाथि टोली नेताबाट सुझाव प्रस्तुत कार्य प्रारम्भ भएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझाव प्रस्तुत गर्न थालेका हुन् ।
यसको सुरुवात कर्णाली प्रदेशबाट टोली नेता गोरखबहादुर बोगटीले गर्नुभएको छ । उहाँले तीनवटै प्रतिवेदनमाथिको सुझाव प्रस्तुत गरिरहनुभएको छ । आज १० वटै टोली नेताले गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनमा सुझावहरु प्रस्तुत गर्नेछन् ।













प्रतिक्रिया दिनुहोस्