जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार २०:१८

प्रचण्ड डिप्रेशनको सिकार भएको महेश बस्नेतको ठोकुवा, दिए यस्तो तथ्य


काठमाडौँ, असोज १६। नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धम्की नदिन चेतावनी दिनुभएको छ ।

उहाँले एमालेलाई दिएको धम्की एमालेले ‘फु’ गर्दा धुलोमा विलिन हुने समेत बताउनुभएको छ । उहाँले सामाजिक संजाल मार्फत प्रचण्डलाई खवरदारी गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज ललितपुरमा आयोजित एक कार्यक्रममा एमालेसँग देशैभर प्रतिवाद तथा विभिन्न आक्षेपहरु नलगाए चुनाव जितिन नसक्ने भन्दै कार्यकर्तालाई सोही अनुसार एमालेले गरेका राम्रा कामहरुलाई समेत नराम्रो भनि व्यापक मात्रामा प्रचार गर्न निर्देशन दिनुभएको थियो ।
सोही प्रसंगलगायतका अध्यक्ष प्रचण्डका पछिल्लो समयका अभिव्यक्ति तथा गतिविधिहरुलाई लक्षित गर्दै नेता बस्नेतले प्रचण्डमा ठूलो डिप्रेशन देखिन खोजेको आरोप लगाउनुभएको छ । एमालेलाई कमजोर नबनाई अरु पार्टीले चुनाव जित्न सक्दैनन् भन्ने कुरा आजको यथार्थ प्रचण्डले विश्लेषण गर्नुभएको उल्लेख गर्दै नेता बस्नेतले समकालिन नेतृत्वमा केपी ओलीको शिखर ब्यक्तित्व सबैको लागि डाँह र इर्स्याको विषय बनेको बताउनुभयो ।

एमालेको संभाबित बिजयको यात्राबाट आतंकित भएको देखिएको उल्लेख गर्दै नेता बस्नेतले एमाले आफ्नो बाटोमा निरन्तर हिडिरहन्छ बाधा अडचन गर्न आउनेलाई पन्छाएर हिड्न सक्षम रहेको उल्लेख गर्नुभयो । प्रचण्डको एमालेलाई पछिल्लो समय दिएको धम्कि हात्तीलाई भुसुनाले टोके जस्तै मात्र भएको उल्लेख गर्दै एमालेले फु गर्दा प्रचण्डको धम्कि धुलोमा बिलिन हुने दावी गर्नुभयो । बिगतको हत्या, हिंसा भ्रष्टाचार र आतंककारी गतिविधिको पश्चाताप र भबिष्यमा हुन सक्ने सजाय र दुर्गतिको आंकलनले प्रचण्डको बिक्षिप्त भएको समेत नेता बस्नेतले आरोप लगाउनुभयो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘–