जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार ००:०५

रसुवाका कांग्रेस-माओवादी र जसपाका हस्तीले रोजे एमाले, ओलीसहित शीर्ष नेताबाट स्वागत (फोटोफिचर)


काठमाडौं, असोज १८ । रसुवा जिल्लाका नेकपा माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु एमाले प्रवेश गरेका छन । संबिधानसभा सदस्य तथा एमाले नेता जनार्दन ढकालको पहलमा सत्तारुढ तीन दलका नेताहरु आइतवार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भेट गरी औपचारिक रुपमा पार्टी प्रवेश गर्नुभएको हो ।

एमाले नेता ढकालले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार सत्तारुढ कांग्रेस माओवादी र जसपा छाडेर एमाले प्रवेश गर्नेमा आफ्नो क्षेत्रमा प्रभावशाली मानिने अधिकांश नेता छन । माओवादीका पूर्वजनमुक्ति सेनाका कमान्डर, जनता समाजबादी र काङ्ग्रेसका नेतासहित जिल्लामा ठूलै प्रभाव पार्ने नेताहरु एमालेमा प्रवेश गरेको ढकालले बताउनुभयो ।

नवप्रवेसीहरुलाई एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाललगायतका नेताहरुले स्वागत गर्नुभएको छ । नवप्रवेसीहरुले एमालेबाट मात्रै मुलुक र जनताको हितको रक्षा हुने कुरा अव घाम जत्तिकै छर्लंग भइसकेको कारण प्रवेश गरेको बताउनु भएको छ । उहाँहरुले कांग्रेस, माओवादी र जसपामा रहेर अपराधको साँक्षी र समृद्धिको बाधक बन्न नसक्ने निश्कर्षसहित एमाले रोजेको बताउनु भयो ।