जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १९:०३

पूर्वयुवराज पारसको फ्ल्याटमा चोरी


काठमाडौं, असोज १८ । पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटबाट चोरी भएको छ। पारशको फ्ल्याटबाट चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको अभियोगमा पारशकै घरमा काम गर्ने व्यक्तिलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा २५ वर्षीय शुभ गौतम रहेका छन्। गौतमलाई प्रहरीले आइतबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको थियो।

ुपोखरामा मुद्दा परेको थाहा पाएपछि काठमाडौंमा गौतमको फोन ट्रयाकिङ गरेर पक्राउ गरिएको सिंहले बताउनु भयो । गौतममाथि पोखरास्थित फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन, फोनलगायत चोरी गरेको आरोप छ। गौतमले चोरी गरी काठमाडौं आएको थाहा भएपछि प्रहरीले पक्राउ गरेको हो। प्रहरीले गौतमको साथबाट चोरी गरिएका सामान बरामद भएको बताएको छ ।