जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार २२:०९

फेसबुक विश्वव्यापी रुपमा बन्द


काठमाडौं, १८ असोज । सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वभर बन्द भएको छ। फेसबुकको र्सभर तल झरेको छ। तीनै सामाजिक सञ्जाल प्लेटफर्म सोमवार रात लगभग पौने दश बजे देखि बन्द भएको हो ।

फेसबुक प्रयोगकर्ताहरु लाई धेरै समस्याको कारण बनेको छ। सुधारको प्रयास भई रहेको जनाएपनि के कारण यस्तो भएको भन्ने खुलाएको छैन । फेसबुक खोल्दा कम्प्युटरको स्कृनमा ‘यो साइट खुल्न सकेन’ भन्ने सन्देश देखिन्छ । यस्तै इन्टा र ह्वाट्स एमबाट पनि सन्देश आदान-प्रदान हुन सकेको छैन । यसैबीच यी तीन सामाजिक सञ्जाल डाउन भएपछि ट्वीटरमा यसबारे ट्रेन्डिङ भएको छ ।