जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार ०७:२२

आजको मौसमः यी प्रदेशमा भारी वर्षा हुने


काठमाडौँ, असोज १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ । यसैकारण मौसम बदली भइरहेको हो ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।