जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार ०७:५१

राष्ट्रपति भण्डारी चन्द्रागिरीमा


काठमाडौं,१९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुग्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपति भण्डारी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा पुग्नुभएको हो । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ ।

फ्रेस हुनका लागि दिउँसो चन्द्रागिरि पुगेपछि सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। ‘उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीँ बस्नुभयो, आज फर्किनुहुन्छ,’ एक स्रोतले भन्यो। औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुग्नुभएको छ ।