काठमाडौं, असोज १९ । नेकपा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ पार्टीको विदेश विभाग गठन भइनसकेको बताउनु भएको छ । राम कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विभाग गठन भएको माओवादी हेडक्वार्टरको भनाईको खण्डन गर्दै नेता श्रेष्ठले हालसम्म सो काम नभएको बताउनु भएको हो ।
श्रेष्ठले विभाग गठन भइनसकेको भन्दै ‘भ्रममा नपर्न’ अनुरोध गर्नुभएको छ । ‘नेकपा (माओवादी केन्द्र) को विदेश विभाग गठन भएको र त्यसमा बिभिन्न व्यक्तिहरू राखिएको भन्ने समाचार गलत हो,’ श्रेष्ठले ट्वीटरमा जानकारी दिँदै भन्नुभएको छ, ‘पार्टीले विदेश विभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु ।’
माओवादी केन्द्रीय कार्यालयनिकट स्रोतका अनुसार माओवादीले विभागमा रहने सदस्यहरूको सुची तयार गरिसकेको छ । त्यसलाई औपचारिकता दिन भने बाँकी रहेको छ । सूचीमा पूर्वमुख्यसचिव लिलामणि पौडेल, पूर्वराजदूत महेश मास्केलगायतको पनि नाम छ । स्थायी समिति वैठकमा नेताहरूले छलफल गरेपछि औपचारिक निर्णय हुनेछ ।
गत साउन ३० र ३१ मा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार बसेको स्थायी समिति बैठकले राम कार्कीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । त्यसमा श्रेष्ठ असन्तुष्ट हुनुहुन्थ्यो । श्रेष्ठलाई प्रवास समिति इन्जार्जको भूमिका भन्दै अपमान गरिउको छ ।












प्रतिक्रिया दिनुहोस्