जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १४:३७

जसपाका प्रभावशाली नेताले रोजे एमाले, सुनाए केपी ओलीको नेतृत्वमा मात्रै मधेसको हित हुने निश्कर्ष



वीरगञ्ज, असोज २० । जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला सदस्य एवं थारु समुदायका अगुवा भुपदेव राव थारु र संखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ का वडा सदस्य ईन्द्रदेव थारु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नवप्रवेशी नेताहरुलार्ई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अबिर टीका लगाई प्रवेश गराउनुभएको हो । काठमाडौंमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले प्रदेश २ का इन्चार्ज रघुबिर महासेठ , संबिधान सभाका सदस्य राजकुमार गुप्ता, प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी, तेजप्रकाश निषाद , एमालेका युवा नेता यशवन्त यादव, युवा संघका प्रदेश २ का अध्यक्ष शिवचन्द्र सिंह, नेताहरु हनिफ अंसारी लगायतको उपस्थिति रहेको रहेको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य रवि गुप्ताले जानकारी दिनुभयो ।

एमाले प्रवेशको क्रममा सवै नेताहरुले केपी शर्मा ओली र एमालेको नेतृत्वमा मात्रै मधेशको हित हुन्छ भन्ने कुरा स्थापित भइसकेकोले आफूहरुले एमाले रोजेको बताउनु भयो ।