दोलखा, असोज २० । एमाले नेता शंकर पोखरेलले आगामी निर्वाचनमा जनताको अत्यधिक बहुमतका साथ नेकपा एमाले सरकारमा आउने उदघोष गर्नुभएको छ । नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा आज आयोजना गरेको सभामा बोल्दै स्थायी कमिटी सदस्य पोखरेलले देसी बिदेसी प्रतिक्रियावादीको षडयन्त्रअनुसार परमादेशले सरकारबाट हटाइएको बदला जनादेशबाट लिएर सिंहदरवारमा फर्कने उदघोष गर्नुभएको हो ।
‘परमादेशबाट हाम्रो पार्टीको सरकार हटाइएको छ, यो कुरा जनतालाई बुझाएर आगामी निर्वाचनमा अत्यधिक बहुमतका साथ जनादेश लिएर सिंहदरवारमा एलाले नेतृत्वको सरकार स्थापित गर्नेछौं,’ पोखरेलले भन्नुभयो । नेता पोखरेलले नेकपा एमाले एक्लै चुनाव लडेर सानदार बिजय हासिल गर्ने सुदृढ अवस्थामा रहेको तथ्य पनि राख्नुभयो ।

पोखरेलले मुलुकमा फलाम खानीदेखि पेट्रोलियम पदार्थको खोजीसम्ममा केपी ओली नेतृत्वको सरकार नै आउनु परेको भन्दै सही नेतृत्व कस्तो हुन्छ भन्ने प्रमाण ओलीले दिनुभएको बताउनु भयो । पोखरेलले संबिधान जारी गर्नेदखि संबिधान कार्यान्वयनसम्म मुलुकको नेतृत्व गरेको र बिदेसी हस्तक्षेपलाई ठाडै अस्वीकार गरेकै कारण अहिले केपी ओलीबिरुद्ध सवै मिलेर घेरावन्दी गरेको तर पार नलागेको तथ्य पनि राख्नुभयो ।
‘केपी ओलीबिद्ध किन घेरावन्दी भयो भन्ने कुरा प्रष्टै छ, तर जति मिलेर घेरावन्दी गरेपनि सफल हुन सक्ने अवस्था छैन,’ पोखरेलले भन्नुभयो ।
उहाँले एमालेका केही नेता बाहिरिए पनि बिभाजनको असर नरहेको बताउनु भयो । ‘अहिले हामी जुन हिसावले अघि बढेका छौं, बिभाजनले हामीलाई केही असर गरेको छैन भन्ने थ्य स्थापित भएको छ,’ पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्