काठमाडौं, असोज २० । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको गैरजिम्मेवारीपूर्ण कामको छायाँ सर्वाेच्च बारमा परेको छ । प्रधानन्यायाधीशकै कारण वरिष्ठ अधिवक्ताहरुले सर्वोच्च अदालत बार एशोसिएसनको चियापान कार्यक्रम बहिस्कार गरेका छन् ।
दशैंको अवसरमा सर्वोच्च बारले बुधबार चियापान कार्यक्रम राखेको थियो, जहाँ प्राधनन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पनि बोलाइएको थियो । मन्त्रिपरिषदमा भागवण्डा खोजेको लगायतका विवादमा परेका प्रधानन्यायाधीश जवराको काम कारबाहीमाथि प्रश्न उठाउनुपर्ने बेला प्रमुख अतिथि बोलाएको भन्दै वरिष्ठ कानुन व्यवसायीहरुले सर्वोच्च बारको चियापान नै बहिस्कार गरेका हुन ।
आफूहरुले संगठित रुपमा नभई स्वविवकेले चियापानमा नगएर सन्देश दिएको एक वरिष्ठ अधिवक्ताले जानकारी दिनुभयो । ‘विरोध गर्नुपर्ने सर्वोच्च बारले प्रधानन्यायाधीशको समर्थन गरेको जस्तो देखिने भएर हामी सांकेतिक रुपमा अनुपस्थित भएका हौं’, उहाँको भनाई थियो । वरिष्ठ अधिवक्ताहरुले बहिस्कार गर्ने पूर्व सूचना पाएपछि प्रधानन्यायाधीश जबरा पनि चियापान कार्यक्रममा जानुभएन । सञ्चो नभएको भन्दै जवरा कार्यक्रममा अनुपस्थित हुनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्