जनता टाइम्स

२० आश्विन २०७८, बुधबार १९:२७

सेनापति शर्माको सह्रानीय काम, दशैंमा जाने सैनिक र परिवारलाई घरसम्मै पुर्याउने ब्यवस्था (सूचीसहित)


काठमाडौं, असोज २० । नेपाली सेनाले दसैंमा घर जाने आफ्ना कर्मचारीलाई आफै घरसम्म पुर्याउने ब्यवस्था गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कर्मचारीको मर्का बुझेर यस्तो निर्णय गर्नुभएको हो ।

सेनापति शर्माको निर्णयपछि सेनाले दशैँ बिदामा जाने सैनिकलाई आफ्नै बस र हेलिकप्टरमा घरसम्म पुर्याउने तालिका नै सार्वजनिक गरेको छ ।
सोमबारदेखि एकादशीको दिनसम्म सेनाले बिदा जाने बहालवाला सैनिक र तिनको परिवारलाई घरसम्म पुर्याउने व्यवस्था गरेको सैनिक मुख्यालयले जनाएको छ ।

मुख्यालयका अनुसार नजिक र ठूलो संख्यामा पुर्याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ । यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकप्टरबाट घरसम्म पुर्याउने व्यवस्था गरेको छ ।