काठमाडौं, असोज २० । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसभित्र मन्त्रीको बिषयलाई लिएर मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठक दुई पक्षबीच चर्काचर्की परेपछि भाँडिएको हो ।
बैठकमा सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटा मात्रै मन्त्रालय दिन सक्ने आफ्नो बटमलाइन सुनाएपछि बैठक नै भाँडिएको नेताहरुले बताएका छन । मन्त्रीको बिषयमा छलफल गर्न बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले कम्तीमा ३ मन्त्रालय निश्चित नभएसम्म नाम नदिने अडान राख्नुभएको थियो । तर सभापति देउवाले दुई भन्दा दिनै नसक्ने बटमलाइन सनाउनु भएपछि लफडा देखिएको हो ।
नेतात्रयले तीन जना नपाए मन्त्रीको नाम नै नदिने भन्दै कडा रुपमा प्रस्तुत भएपछि सभापति देउवा रिसाएर बैठकबाटै हिडनु भएको एक नेताले बताए । ‘रामचन्द्र दाईहरु रिसाएपछि प्रधानमन्त्री पनि दिन सक्दिन भन्दै रिसाएर भुतभुताएर बैठक नै छाडेर हिडनु भयो,’ ती नेताले जनताटाइम्ससँग भने । उनका अनुसार सभापति देउवा पौडेल पक्षलाई बढीमा दुई मन्त्री दिने अडानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्