जनता टाइम्स

२० आश्विन २०७८, बुधबार २१:२१

देउवाले प्रहरी पठाएर पक्राउ गराए अनसन बसेका आफ्नै पार्टीका कार्यकर्ता


काठमाडौं, असोज २०। नेपाली कांग्रेसमा क्रियाशील सदस्यताका समस्या समाधान गर्न माग गर्दै सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन बसेका कार्यकर्तामाथि आज प्रहरीले धरपकड गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निर्देशनमा नै उनीहरुलाई पक्राउ गरी केन्द्रीय कार्यालय खाली गराइएको हो ।

सर्लाही र रौतहटका कांग्रेस कार्यकर्ताहरु क्रियाशील सदस्यताको विवादलाई लिएर दुई महिनाभन्दा बढी समयदेखि अनसन बसिरहेका थिए । आज पार्टीको पदाधिकारी बैठकमा पनि उनीहरुको असनबारे विषय उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शसांक कोइराला र प्रकाशमान सिंहले ‘कायर्ककर्तालाई अनशन राखेर पार्टीले दसैं मनाउने हो ? ’ भन्दै प्रश्न गर्नुभएको थियो ।

जवाफमा देउवाले समस्या चाँडै समाधान गर्ने आश्वासन दिनुभएको थियो । तर, आजै देउवाले प्रहरी लगाएर कार्यकर्तामाथि धरपकड गर्दै कठोरताको बाटो रोज्नुभएको छ ।