काठमाडौं, असोज २१ । नेकपा एकीकृत समाजवादीले चर्चित नेतृ रामकुमारी झाँक्रीलाई मन्त्री नै नबनाउने षडयन्त्र अघि बढाएको छ । अध्यक्ष माधवकुमार नेपालले पार्टी चलाउन फण्ड आवश्यक पर्ने र सो ब्यवस्थापन गर्नेहरुलाई सरकारमा पठाउने योजनासहित रामकुमारीलाई मन्त्रीबाटै बञ्चित गराउने खेल सुरु गर्नुभएको नेकपा एसका एक नेताले जनताटाइम्सलाई बताए ।
ती नेताका अनुसार माधवले योजनावद्ध रुपमा रामकुमारीलाई रोक्न बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने निर्णय सुनाउनु भएको छ भने झाँक्रीलाई मन्त्री नै नबनाउने योजना छ । ती नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार माधवले मन्त्रीको नाम टुंगो लागेको भन्दै रामकुमारीलाई उपसभामुखमा थन्क्याउने बताउनु भएको छ ।
स्रोतका अनुसार अध्यक्ष माधवले बिरोध खतिवडा, मेटमणी चौधरी, प्रेम आले, जीवनराम श्रेष्ठलाई मन्त्री र किशान श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयमा आफू पुगेको जानकारी दिनुभएको छ । नेकपा एसलाई सहरी विकास, पर्यटन, श्रम र युवा तथा खेलकुद मन्त्रालय दिने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्