जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १०:२०

प्रचण्डका विश्वास पात्रहरु एमालेमा प्रवेस


काठमाडौं, असोज २१ । नेकपा माओवादी केन्द्र परित्याग गरी सर्लाहीका नेताहरू नेकपा एमाले प्रवेश गरेका छन ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का नेता युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी आफ्नो समुहसहित एमाले प्रवेश गर्नुभएको हो।

एमालेको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले उहाँहरूलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गर्नुभएका नेताहरुले माओवादी कांग्रेसको शरणमा पुगेर कम्युनिष्ट आन्दोलनमाथि गम्भीर घात गरेकोले एमाले रोजेको बताउनु भयो ।