काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ । अखिल अध्यक्ष सुनिता बरालले आज बिज्ञप्ती जारी गरी केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको भए पनि अहिलेको सरकारले ती ठाउँमा अहिलेसम्म गणकहरू नपठाएको भन्दै गमभीर आपत्ति जनाउनु भएको छ ।
‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टी गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’, अनेरास्वबियुले विज्ञप्तिमा भनेको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भूभागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’
सरकारले भारत रिसाउने त्रासमा बिभिन्न बहाना बनाएर सो भूभागमा जनगणनाका लागि सुपरीवेक्षक नै नपठाएको हो । सरकारको यो कामप्रति अखिल आक्रोशित बनेको छ ।














प्रतिक्रिया दिनुहोस्