जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार ०९:२३

माधव-प्रचण्ड र देउवाबारे भीम रावल : तस्कर होउन या भ्रष्टाचारी, खर्च जुटाइदिने सव क्रान्तिकारी



काठमाडौं, असोज २२ । एमाले उपाध्यक्ष भीम रावलले सत्तारुढ गठबन्धनका प्रमुख नेताहरुको चरित्र नै तस्कर भ्रष्टाचारी संरक्षण रहेको भन्दै खर्च जुटाउने जति सवै क्रान्तिकारी हुने नीति लिएको बताउनु भएको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डप्रति ब्यंग्य गर्दैरावलले यस्तो ठोकुवा गर्नुभएको हो ।

रावलले सामाजिक सञ्जालमा कवितालेख्दै भन्नुभएको छ, राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ, यसकै लागि पार्टी र गठबन्धन भएछ ! तस्कर होउन या कोही भ्रष्टाचारी, हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी !’

गठबन्धन सरकारका शीर्ष नेताहरूको मूलमन्त्र :

यही नै हो यात्रा, बुध्दि, विवेक
कमिशन मन्त्रालय उद्देश्य एक !

राजनीति भनेकै दाउपेच र कुर्सी रहेछ
यसकै लागि पार्टी र गठबन्धन भएछ !

तस्कर होउन या कोही भ्रष्टाचारी
हाम्रो खर्च जुटाउने हुन्छ क्रान्तिकारी 1