काठमाडौं, असोज २३ । सर्लाहीको हरिवन नगरपालिका– ३ का वडाध्यक्ष दीपमान लोप्चन आफ्ना सहयोगीसहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित हुनुभएका लोप्चन शुक्रबार नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
लोप्चन दलबलसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा समाहित हुनुभएको हो । यसअघि सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकास यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्